सिरहा, २३ मंसिर।  गोलबजार स्पोर्टस क्लवको आयोजनामा यहि मंसिर २५ गतेबाट प्रथम गोलबजार नगरस्तरीय विद्यालय फुटवल प्रतियोगिता २०८२ हुने भएको छ। प्रतियोगितामा नगरक्षेत्रका ४ सामुदायिक र १० संस्थागत विद्यालयको सहभागीता रहने आयोजकले जनाएको छ। 

मंसिर २५ देखि पुस ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जनता माध्यमिक विद्यालय (प्राविधिक) गोलबजार ४, बाल बिकास इङ्गलिस बोर्डिङ्ग स्कूल चोहर्वा, बुढानिलकण्ठ इङ्गलिस बोर्डिङ्ग स्कूल, सृजना इङ्गलिस बोर्डिङ्ग स्कूल, हिमालयन पब्लीक स्कूल, शुभश्री इङ्गलिस बोर्डिङ्ग स्कूल, माउण्ट एमभरेष्ट इङ्गलिस बोर्डिङ्ग स्कूल सहभागी हुने आयोजक संस्था गोलबजार स्पोर्टस क्लवका सचिव नरेश लामाले जानकारी दिए। 

त्यसैगरी, सरस्वती माध्यमिक विद्यालय तेतरिया जमदह, जनता माध्यमिक विद्यालय डण्डा गोलबजार ९, ट्रीनिटी इङ्गलिस बोर्डिङ्ग स्कूल, नेचुरल एकेडेमी,  शारदा इङ्गलिस बोर्डिङ्ग स्कूल, शान्ति निकुञ्ज इङ्गलिस बोर्डिङ्ग स्कूल चोहर्वा र जनता नमुना माध्यमिक विद्यालय चन्द्रलालपुर चोहर्वाले प्रतियोगितामा भाग लिएको आयोजकले जनाएको छ। 

विद्यालयस्तरबाटै अवल खेलाडीहरु पहिचानगर्न मदत पुग्ने विश्वासकासाथ विद्यालय स्तरीय प्रतियोगिताको आयोजना गरेको आयोजकले जनाएको छ। मधेश प्रदेशमै यस्तो प्रतियोगिता पहिलो भएको आयोजकले दावी गरेको छ। 

प्रतियोगितामा प्रथमहुने टिमले ५० हजार नगद पुरस्कार र ट्रफी प्राप्त गर्ने छ। त्यसैगरी, दोस्रो हुने टीमले नगद २५ हजार प्राप्त गर्ने आयोजकले जनाए। 

प्रतियोगितामा  उत्कृष्ट खेलाडी, गोलकिपर, डिफेन्स, मिडफल्ड र सर्वाधिक गोलकर्तालाईसमेत विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ। खेल गोलबजार नगरपालिका २ गागनखोलास्थित खेल ग्रामको मैदानमा हुने छ। 

597394022_122152850522809166_7163977709986248164_n