सिरहा, २३ मंसिर। विद्यालयस्तरबाटै खेलकुदलाई वृहतरुपमा अगाडी बढाउनु पर्नेमा जिल्ला समन्वय समिति सिरहाका उप–प्रमुख दिलिप कुमार लामाले बताएको छ। गोलबजार ६ स्थित हिमालय पब्लिक स्कूलले आयोजना गरेको पाँच दिने ‘हिमालयन खेल उत्सव –२०८२’ को उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै लामाले खेलकुद स्वस्थ्य जीवनको आधार भएकोले विद्यालयस्तरबाटै वृहत बनाउनु पर्नेमा जोड दिएको हो।

उप–प्रमुख लामाले खेल स्वास्थ्य जीवनको आधारसँगै व्यक्ति, समाज र राष्ट्रको पहिचान निर्माण गर्ने बलियो माध्यम भएको बताए। उनले भने, ‘व्यसायीक रुपमा खेलकुदमा सहभागी भए यसले व्यक्ति र राष्ट्रको पहिचानसमेत स्थापीत गर्न सक्छ। यो अव मनोरञ्जनको माध्यममात्र रहेन।’
उनले खेलकुदको विकासमा व्यक्ति, संस्था र सरकार सवै हात्तेमालो गर्नु पर्नेमा जोड दिए। सोही क्रममा उनले स्थानीय सरकारले यसमा विशेष पहल कदमी लिनुपर्ने बताउँदै त्यसका लागि आउँदादिनहरुमा गोलबजार नगरपालिकालाई साझेदारी गर्न आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता जनाए।

सोही क्रममा प्याब्सन नेपालका केन्द्रिय सचिव विष्णु न्यौपानेले विद्यालयहरुले शिक्षा र खेलकुदलाई सँगै बढाउने निती अनुसार आयोजकल कार्यक्रम आयोजना गरेकोमा धन्यवाद ज्ञापन गरे। उनले आउँदा दिनहरुमा अझै यस्ताखालका कार्यक्रमहरुलाई परिस्कृत गर्दै जानुपर्नेमा जोड दिए।
कर्यक्रममा प्याब्सनका जिल्ला अध्यक्ष उमेश चौधरी, खेलकुद विकास समितिका मधेश प्रदेश सदस्य निकेश श्रेष्ठ, सिरहा पनस्र्थापना केन्द्रका अध्यक्ष आनन्द विश्वकर्मा लागायतले कार्यक्रम सफलताको शुभकामना दिएका थिए।

फूटवल, कराते, कवर्डि, रेश, टग अफ वार, हाई जम्फ, लङ्ग जम्फ, स्याक रेश, वेलुनब्रष्ट, ज्याब्लिन थ्रो, म्यूजिकल चेयर, हट पोटेटो, ब्याडमिन्टन, मार्मल स्पुन रेश, म्याथम्याटीकल रेश लगायतका खेलहरुमा विद्यालयले आन्तरिक प्रतियोगिता आयोजना गरिएको विद्यालयका संस्थापक मानबहादुर लामाले जानकारी दिए।
विद्यालयका संस्थापक पुरुषोत्तम बुढाथोकीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो। उद्घाटन कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले विभिन्न गीतहरुमा नृत्य प्रस्तुत गरेका थिए। सोमबारबाट सूर भएको ‘हिमालयन खेल उत्सव –२०८२’ को समापन २६ गते शुक्रबार समापन हुने आयोजकले जनाएको छ।























