सिराहा,  २० मंसिर। सिरहा प्रहरीले गोलबजारबाट प्रतिवन्धित लागुपदार्थ ब्राउनसुगर २ ग्रामसहित एक युवकलाई नियन्त्रणमा लिएको छ। गोलबजार  ६ स्थित सडकबाट अवैध लागुपदार्थ  ब्राउनसुगर २ ग्रामसहित स्थानीय २४ वर्षीय आशिष कुमार साहलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको हो। 

लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजार समेतबाट खटिएको प्रहरीले प्रदेश २–०१–००२ प ६२३६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको जनाएको छ।

प्रहरीले यस सम्वन्धमा थप अनुसन्धान गरिरहेका जनाएको छ।