लहान, २० मंसिर। आगामी २१ फागुनमा हुन गईरहेको प्रतिनिधीसभा निर्वाचनको लागि नेपाली काँग्रेस सिरहा क्षेत्र नम्वर १ ले सामानुपातिक तर्फ युवा नेता प्रमेश्वर साहको नाम सिफारिस गरेको छ। नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका युबा नेता साह पार्टीको परिपत्र अनुसार आज नेपाली कांग्रेसबाट प्रतिनिधि सभाको समानुपातिकमा सिफारिस भएको हो। 

करिव तीन दशकदेखि नेपाली काँग्रेसको राजनितीमा सक्रिय साह नेपाल विद्यार्थी संघ सिराहाको अध्यक्ष हुँदै केन्द्रिय सह महामन्त्री निर्बिरिध निर्वाचित भएका थिए। उनी लहानस्थित जेएस मुरारका क्याम्पसको स्वबियु सभापतिसमेत निर्वाचित भएका थिए। उनी नेपाली काँग्रेस पार्टीका बफादार कार्यकर्ताको रुपमा चिनिने गरिन्छ। 

उनीसँगै पार्टीले श्रीचन पासवान, उषा राउत, सर्मिला पोखेल र सूर्यनारायण यादवको नामसमेत प्रतिनिधीसभा सदस्यको सामानुपातीक उम्मेदवारमा सिफारिस गरेको छ।