रामनारायण ठाकुर

मिर्चैया, २३ मंसिर। सिरहाको मिर्चैयामा रक्तदान तथा निःशुल्क स्वास्थ्य तथा छालारोग चेकजाँच शिविर सम्पन्न भएको छ।

‘रक्तदान नै जीवनदान हो’ भन्ने मूल नाराका साथ न्यू शिव शक्ति फार्मेसी प्रा.लि., सत्य सर्जिकल एण्ड फुड सेन्टर तथा महावीर यूवा कमिटीको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो।

शिविरमा मा ४३ जनाले रक्तदान गरेका छन्। त्यसैगरी, स्वास्थ्य परीक्षण तथा छालारोग शिविरमा १४१ जनाको थाइराइड, ७१ जनाको  छालारोग सम्बन्धि परीक्षण,  ६९ जनाको मधुमेह  (सुगर) परीक्षण, १०९ जनाले सामान्य स्वास्थ्य जाँच सेवा लिएका छन्।

रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटी, लहानको प्राविधिक सहयोगमा सम्पन्न गरिएको थियो।

सिरहा सहित मिर्चैया क्षेत्रमा रगत अभावका कारण बिरामीले कठिनाइ व्यहोर्नु परेको अवस्थालाई ध्यानमा राखी यस्तो कार्यक्रम आयोजना गरिएको महावीर यूवा कमिटीका सचिव सन्तोष साहले बताए।