सिरहा, ८ मंसिर। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मधेस प्रदेशमा एक लाखभन्दा बढी नयाँ मतदाता थपिएका भएका छन्।
मधेस प्रदेशका ८ वटै जिल्लामा रहेको जिल्ला निर्वाचन कार्यालय मार्फत एक लाख १८५ जना नयाँ मतदाताले मतदाता नामावलीमा नाम दर्ता गराएका हुन्।
राष्ट्रिय परिचयपत्रका आधारमा धनुषामा विवरण भर्नेहरूको सङ्ख्या २० हजार ८९९ पुगेको छ।
सिरहामा ११ हजार ४३७ नयाँ मतदाता थपिएका छन्। जिल्ला निर्वाचन कार्यालय सिरहाका अनुसार सोमध्ये नौ हजार १३७ जनाले कार्यालयमार्फत तथा दुई हजार २९० जनाले राष्ट्रिय परिचयपत्रमार्फत नाम दर्ता गराएका छन्।
रौतहटमा १६ हजार ८७७ जनाले नयाँ मतदाता नाम दर्ता गरेका छन्। अन्य जिल्लाको विवरण भने अझै आई नसकेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।
जिल्ला निर्वाचन कर्यालय पर्सा
mm






















