लहान, ७ मंसिर। सिराहा प्रहरीले लहानबाट एक हजारकिलोभन्दा बढी गाँजासहित ट्रकका चालक र सहचालाकलाई पक्राउ गरेको छ। 

पश्चिमबाट पूर्व तर्फ गईरहेको ना.५ ख ३२०९ नम्बरको ट्रक लहान १ ट्रफिक चौकबाट बोरासहित एक हजार १५ किलो गाँजा प्रहरीले नियन्त्रणमा लिएको हो। 

विशेष सूचनाको ओधारमा चेक जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजासहित ट्रकका चालक  संखुवासभा धर्मदेवी नगरपालिका ९ छिपिधाराका २४ वर्षीय टंक विश्वकर्मा र धनकुटा छथर जोरपाटी गाउँपालिका २ का २२ वर्षीय खेम राना मगर पक्राउ गरको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेश बहादुर पालले जानकारी दिए। 

इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले ट्रकलाई जाँच गर्ने क्रममा चालक बस्ने क्याबिन पछाडि फल्स बटम बनाई ३१ वटा बोरामा लुकाईछिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारेको प्रहरीको भनाई रहेको छ। 

प्रहरीले थप अनुसन्धानको लागि पक्राउ परेका दुवैजनालाई आजै जिल्ला अदालत सिरहाबाट पाँच दिनको म्याद थप गरेको जनाएको छ।