जनकपुरधाम, २८ कार्तिक। सरकार गठन प्रक्रियाको विवादका कारण स्थिति तनावपूर्ण बनेपछि मधेस प्रदेश कार्यालयमा सेना परिचालन गरिएको छ। प्रदेश प्रमुख कार्यालय परिसरमा प्रदेश प्रमुखको सुरक्षार्थ सेना परिचालन गरिएको हो।
प्रदेश प्रमुख सुरेन्द्र लाभमाथि असुरक्षा बढेपछि सेना परिचालन गरिएको बताइएको छ। गत सोमबार नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले शपथ ग्रहण गरे पश्चात् विगे्रको स्थिति अझै शान्त हुन सकेको छैन।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठन गर्नुपर्नेमा सरकार गठनको आव्हान नै नगरी संविधानको धारा १६८ को उपधारा ३ मा टेकेर ठूलो दलको हैसियतले एमाले मधेस संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको भन्दै प्रदेश सभाका विपक्षी दलहरुरूले विरोध जनाएका छन्।
तत्कालीन प्रदेश प्रमुख साबित्री सुवेदी भण्डारीले नवनियुक्त मुख्यमन्त्री सहित ४ मन्त्रीलाई बर्दिबासस्थित पानस कटेजमा शपथ ग्रहण गराएकी थिइन्। हाल प्रदेश प्रमुख कार्यालय वरपर विपक्षी दलका मानिसरू भेला हुन थालेपछि सेना परिचालन गरिएको बताइएको छ।
प्रदेश प्रमुख कार्यालय परिसरमा हाल नेपाल प्रहरी र नेपाली सेना तैनाथ रहेको जिल्ला प्रशासन कार्यालय, धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी उमेश कुमार दाहालले बताए।
उनका उनुसार अवस्था तनावपूर्ण नभए पनि सुरक्षाको लागि सामान्य रुपमा सेना र प्रहरी परिचालन भएको हो।
असुरक्षा बढेको भन्दै मधेसकी उपसभामुखले आजै सरकारी निवास छाडेकी छिन्।





















