सिरहा, २८ कार्तिक। सशस्त्र प्रहरीले ‘सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत अन्तकृया कार्याक्रम सम्पन्न गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल नम्वर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको आयोजनामा सशस्त्र प्रहरी बल, नेपाल नम्वर ७ गण हेड क्वाटर सिरहा १९ सनहैठा कार्यालय परिसरमा विहिवार अन्तकृया सम्पन्न भएको हो। 

sashastra.1

सीमामा हुने चोरी पैठारी, सीमा अतिक्रमण, अपराध नियन्त्रण,  मानव तस्कर नियन्त्रणजस्ता विषयमा स्थानीय जनप्रतिनिधीहरुसँग छलफल भएको जनाएको छ। 

साथै राजस्व वृद्धि, सुचना  आदान प्रदान, सीमामा हुनसक्ने समस्याहरूको समाधानका लागि स्थानीय जनमानससँग सशस्त्र प्रहरीको सहकार्य विषयहरुमा छलफल भएको छ। छलफल कार्यक्रममा छिन्नमस्ता बाहिनीका सहायक बाहिनीपति, सीमासँग जोडिएका स्थानीय पालिका प्रमुखहरु, सिमा सहजिकरण समिति, नम्वर ७  गणका गणपति तथा  सीमासँग जोडिएका वडाका वडाध्यक्षहरू र   प्रस्तावित सीमा सुरक्षा गुल्मका प्रमुख र बीओपी प्रमुखहरूको उपस्थिति रहेको थियो।