सिरहा, ३१ असोज। सिरहाको गोलबजार ६ स्थित जनहित आधारभुत विद्यालयका प्रधानाध्यापकको हठका कारण यहाँका शिक्षक कर्मचारी तलव भत्ताबाट बञ्चित भएका छन। प्रधानाध्यापक राजकुमार रामको हेपहा मनसायका कारण यहाँ कार्यरत ७ जना शिक्षक कर्मचारी १० महिनाको तलवबाट बञ्चित भएका हुन्।
लामो समयको तलभत्ता नपाउँदा आफूहरु मर्कामा परेको ति शिक्षक कर्मचारीले दुखेसो पोखेका छन्।
यहाँ कार्यरत शिक्षक कर्मचारीले प्रधानाध्यापक रामले विभिन्न बाहाना बनाएर विनाकारण तलव रोकेर राखेको बताए। प्रअ रामले तलव माग्दा कहिले नियुक्तिपत्र माग्ने, कहिले तपाईंहरु करारका शिक्षक–कर्मचारी भएकाले प्रत्यक ६–६ महिनामा रिन्यू गरेपछिमात्र तलव दिने भन्दै शिक्षक कमृचारीलाई तनाव दिनेगरेको बताए।
उनीहरुले भने, ‘कहि नभएको नियम लगाएर हामीलाई दुःख दिईरहनु भएको छ, हामीलाई तत्काल तलव दिने वातावरण बन्नु पर्छ। त्यो प्रधानाध्यापकको काम हो।’
यस विद्यालयमा एक विद्यालय सहयोगी, प्रअ रामसहित ७ जनाले २०८१ साल बैशाख देखि पुससम्मको र दशैं पेश्की अझै पाएका छैनन्। धेरै विवाद पछि २०८१ माघ देखि हालसम्मको तलव भने दिएको छ।
तलव नदिनुको कारण बारे प्रश्न गर्दा प्रअ रामले कहिले आफू भरखरैमात्र प्रअ भएकाले २०८१ माघ अघिसम्मको तलवभत्ता खुवाउने यथेष्ट प्रमाण नभएकाले त कहिले करकारको कर्मचारीको ६–६ महिनामा अध्यावधी गर्नुपर्ने प्रावधान पुरा नभएकाले तलव दिन नमिल्ने बताए।
उनले आफूलाई बचाउगर्दै अघिल्लो प्रअ सरिता मण्डलले बरबुझारथ नगरेकोले पनि तलव खुवाउन समस्या भएको बताए।
पूर्व प्रअ भने आफूसँग भएको सवै सामान बुझाउन तयार भएपनि रिसिवि साँध्न कै लागि वर्तमान प्रअ रामले सामान बुझ्न आनाकानी गरिरहेको बताए।
शिक्षा शाखा प्रमुख अनन्त कुमार पौड्यालले पूर्व प्रअ मण्डल बाहेककालाई तत्काल तलव खुवाउन निर्देशन दिईसककेो बताए। उनले निर्देशन दिएको महिनौं वितिसक्दा पनि अझै तलव पाएका छैनन्।
प्रअ रामले जनप्रतिनिधी र नगरपालिकाका कर्मचारीसँगको सेटिङ्गमा आफ्नै विद्यालयका शिक्षक कर्मचारीलाई दुख दिने गरेको आरोप लाग्दै आएको छ।