सिरहा, २९ असोज। सिरहा प्रहरीले ६ ग्रामभन्दाबढी प्रतिवन्धित लागु पदार्थ ब्राउन सुगरसहित एक युवकलाई नियन्त्रणमा लिएको छ। कर्जन्हा नगरपालिका ३ चेक प्वाईन्टबाट इलाका प्रहरी कार्यालय मिर्चैया र बन्दिपुरबाट खटीएको संयुक्त टोलीले प्लास्टिक सहित  ६ ग्राम ११० मिलिग्राम ब्राउनसुगरसहित बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका ५ का ३४ वर्षिय राम कुमार चौधरीलाई नियन्त्रणमा लिएको हो। 

गोप्य सूचनाको आधारमा बिराटनगरबाट बिरगंजतर्फ जादै गरेको यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा बसमा सवार चौधरीलाई उक्त तौलको ब्राउनसुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।  

यस सम्वन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।