सिरहा, २६ असोज। सीके राउत नेतृत्वको जनमत पार्टी विभाजित भएको छ। पार्टीका उपाध्यक्ष दीपक साहको नेतृत्वमा २० प्रतिशत बढी केन्द्रीय कार्यकारिणी सदस्यले पार्टी विभिाजन गर्दै निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएका हुन्।
उनीहरुले आइतबार निर्वाचन अयोगमा पुगेर जनस्वराज नामको नयाँ पार्टी दर्ता गर्न निवेदन दिएका छन्। यसको सनाखत हुन भने बाँकी छ।
उपाध्यक्ष अब्दुल खानले यसअघि नै जनमत पार्टी छोडिसकेका थिए।
जनमत पार्टीमा ५२ जना केन्द्रीय कार्यकारिणी सदस्य छन्।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा ६ सिट जितेको थियो। राष्ट्रिय पार्टी बनेको जनमतले मधेस प्रदेश सरकारको नेतृत्व समेत गरिरहेको छ।