सिरहा, २६ असोज। सिरहा प्रहरीले १७ ग्रामभन्दा बढी लागु पदार्थ ब्राउन सुगरसहित दुई युवकलाई गोलबजारबाट नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय गोलबजार र लागु पदार्थ नियन्त्रण ब्युरो शाखा गोलबजारबाट खटिएको संयुक्त प्रहरी टोलीले वडा ६ दुर्गा मन्दिर नजीकबाट दुवै जनालाई प्लाष्टिकसहित १७ ग्राम ५४० मिली ग्राम ब्राउन सुगरसहित शनिवार बेलुका पक्राउ गरेको हो।
गोलबजारको मुख्य चौकबाट उत्तरतर्फ गईरहेको प्र २–०१–००१ प. ३०२६ नम्बरको मोटरसाईकललाई संकालागि चेकजाँच गर्दा उक्त लागु पदार्थसहित मोटरसाईकल चालक गोलबजार नगरपालिका ७ चोहर्वाका २९ र्षिय सुनिल साह र सोही मोटरसाईकलको पछाडी सवार जिल्लाकै धनगढीमाई नगरपालिका ७ फुलकाहाकट्टी का २४ वर्षिय बिष्णुदेव यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
त्यस्तैगरी, शनिवार बेलुकै इलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरी गस्ती टोलीले ६४ केजी नौं सय ग्राम गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
गोप्य सूचनाको आधारमा सिरहा नगरपालिका १७ पटेर्वागाउँ नजीकै धान खेतको बाटो हुँदै नेपालबाट भारततर्फ टाउकोमा बोकी लैजाँदै गरेको अवस्थामा प्रहरी गस्ती टोलीलाई देखन साथ मानिसहरु गाँजा फालेर भागेका थिए। भागेकाहरु मध्येबाट भारतका बिहार जिल्ला मधुबनी जिल्ला थाना जयनगर बेलही ग्राम ६ का ५५ वर्षिय श्रीचन मण्डललाई नियन्त्रणमा लिएको छ। उनी भाग्दै गरेको अबस्थामा पक्राउ गरीएको प्रहरीले जनाएको छ। प्रहरीले फरार भएका अन्य मानिसहरुको खोजतलाश कार्य गरिरहेको जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।