सिरहा, २५ असोज। जलवायुमैत्री कृषि अभ्यास परियोजना अन्तरगत कर्जन्हा नगरपालिका १ का विभिन्न टोलहरुमा सञ्चालित ‘गाउँ ज्ञान तथा कार्य केन्द्र’ (विकास) कार्यक्रमको एक दिवसिय समिक्षा तथा पुनरावलोकन गोष्ठी सम्पन्न भएको छ। यूएनडीपी÷जीईएफ÷एसजीपीको आर्थिक तथा प्राविधिक सहयोग र जैविक विविधता, स्वास्थ्य, शिक्षा, रोजगारी र विकासका लागि जन आवाज (पीभीड), गोलबजारको सहजीकरणमा सञ्चालित जलवायुमैत्री
कृषि अभ्यास परियोजना अन्तरगत पीभीड कार्यक्रमको समिक्षा गरिएको हो।
केन्द्रहरुले परियोजनाले अपेक्षा गरे बमोजिम सहि दिशामा सञ्चालन भएको छ, छैन? लेखा जोजा गर्न कार्यक्रमको कार्यक्रमको आयोजना गरिएको आयोजकले बताएको छ।
गोष्ठीमा संस्थाका अध्यक्ष रामप्रताप सिंहको अध्यक्षता र सञ्चालन कार्यक्रम अधिकृत कविता लामाले गरेका थिए। कार्यक्रम विज्ञ देवराज गौतमले दिनभरी विधिध शीर्षकहरुमा छलफल तथा अन्तरकृया गराएका थिए।
गेष्ठिीका सहभागीहरुले कार्यकेन्द्र सञ्चालानार्थ गरेको लगानी, भएका उपलब्धी, समस्या र सिकाईका बारेमा व्यापक छलफल तथा प्रस्तुतिकरण गराएका थिए। गेष्ठिमा वडा अध्यक्ष र परियोजना स्टेरिङ्ग कमिटीहरुको पनि सहभागीता रहेको थियो। अन्तमा सहभागीहरुले कार्यकेन्द्र अझ प्रभावकारी बनाउनको लागि भावी कार्ययोजना पनि प्रस्तुत गरेका थिए।