रामनारायण ठाकुर

 मिर्चैया, २४ असार। सिरहाको मिर्चैया नगरपालिका कटारी चोकमा पछिल्लो समयमा चोरीका घटनामा वृद्धि भएको छ। विहीबार राति एकैदिन कटारी चोकस्थित सर्वश्रेष्ठ होटल र श्रेष्ठ होटलबाट दुई लाख मूल्यबराबरको नगद र मालसामान चोरी भएको छ।

स्थानीयका अनुसार चोरले होटलबाट नगदसहित रक्सीका बोतलसमेत चोरी गरेको बताइएको छ। घटनापछि मिर्चैयामा व्यापारी र स्थानीयवासीमा असुरक्षाको बढेको छ।

चोरीका घटना पटक पटक भइरहँदा पनि स्थानीय प्रहरी प्रशासन मौन देखिएको भन्दै स्थानीयवासी असन्तुष्ट छन्। जेन्जी आन्दोलनपछि प्रहरीले आवश्यक कारबाही र गस्तीमा ढिलाइ गरेको स्थानीयको गुनासो छ।