लहान, २४ असोज। सशस्त्र प्रहरी बलको गस्ती टोलीले सिरहाको बलान नदी किनारमा लुकाई राखेको दुई क्विन्टभन्दब बडी गाँजा बरामद गरेको छ। सशस्त्र प्रहरी बलको गस्ती टोलीले शुक्रवार बिहान भगवानपुर गाउँपालिका २  बलान नदी किनारबाट २ क्विन्टल १९ किलो ४०० ग्राम गाँजा बरामद गरेको हो।

सशस्त्र प्रहरी बल सिरहाका प्रमुख एसपी नरेश भण्डारीले खोला किनारमा लुकाइएको अवस्थामा ९ बोरा गाँजा बरामद गरेको जानकारी दिए। खोला किनारमा गाँजा लुकाउने व्यक्ति वा समूहको खोजी जारी छ।