सिरहा, २३ असोज। सिरहामा गुडिरहेको बसबाट खसेर सहचालकको मृत्यु भएको छ। पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत धनगढीमाई नगरपालिका ९ जिरोमाइल नजिकै विहिवार बिहान गुडिरहेको ना ७ ख २६५ नम्वरको यात्रुबाहक बसबाट  खसेर सहचालक लहान नगरपालिका १का २१ वर्षीय पवनकुमार यादव मृत्यु भएको हो। 

विराटनगरबाट जनकपुरधामतर्फ जाँदै गरेको  खसेर  गम्भीर घाइते सहचालक यादवलाई तत्कालै उपचारका लागि लहानस्थित प्रादेशिक अस्पताल पुर्‍याइएपनि अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रमेश पालले जानकारी दिए। उनका अनुसार सहचालक उादप बसको पछाडिको चक्काले किचिएर गम्भीर घाइते भएका थिए।  

घटनालगत्तै इलाका प्रहरी कार्यालय धनगढीबाट तत्कालै प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले बसका चालक ४० वर्षीय लक्ष्मी महतोलाई तत्काल नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।