जनकपुरधाम, २२ असोज। मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि तीनलले संयुक्त रुपमा दावी पेश गरेको छ। नेपाली कांग्रेस, एमाले र जनमतले नेपाली काँग्रेसका संसदिय दलका नेता कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री बनाउने गरी नेकपा एमाले र जनमत पार्टीले दावी पेश गरेको हो।
नेकपा एमालेले मुख्यमन्त्री सतिशकुमार सिंहलाई दिएको समर्थन आजै फिर्ता लिँदै नयाँ सरकार गठनका लागि नेपाली काँग्रेसलाई समर्थन दिएको छ। उनीहरुले बनाउन ५८ जना सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका छन्।
एमालेले सरकारमा रहेका आफ्ना चार मन्त्रीलाई फिर्ता बोलाएको र संविधानको धारा १६८ को उपधारा ९२० अनुसार दाबी पेश गरिएको छ।
२२ असोज, जनकपुरधाम। मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा नदिएपछि नेकपा एमालेले समर्थन फिर्ता लिँदै नयाँ सरकारको लागि दाबी पेश गरेको छ।
नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री बनाउन तीन दलले बहुमत सांसदको हस्ताक्षर सहित दाबी पेश गरेको हो।
नेकपा एमालेले आजै सतिशकुमार सिंहलाई दिएको समर्थन फिर्ता लिँदै सरकारमा रहेका आफ्ना चार मन्त्रीलाई फिर्ता बोलाएका थिए।
काङ्ग्रेस, एमाले र जनमतले आजै प्रदेश प्रमुख कार्यालयमा दाबी पेश गरेका हुन्।
संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम नयाँ सरकार गठनका लागि दावी पेश गरिएको छ ।
एमालेका २३, कांग्रेसका २२ र जनमतका १३ जना प्रदेशसभा सदस्यको समर्थनमा नयाँ सरकार गठनका लागि दावी पेश गरिएको हो.