धनुषा, २१ असोज। धनुषा प्रहरीले  करिव ३८ ग्राम अवैध लागुपदार्थ ब्राउनसुगरसहित दुई युवकलाई पक्राउ गरेको छ। जिल्लाको गणेशमान चारनाथ नगरपालिका ७ बाट ३७ ग्राम ९० मिलिग्राम  अवैध ब्राउनसुगरसहित सिराहाका मिर्चौया नगरपालिका ७ का २४ वर्षीय निराजन यादव र सप्तरीका राजबिराज नगरपालिका १ का ३१ वर्षीय रोहन कुमार सिंहलाई साृमबार अपरान्ह पक्राउगरेको हो। 

विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय ढल्केवर समेतबाट खटिएको प्रहरीले सिराहा बन्दिपुरबाट बिरेन्द्रबजारतर्फ जाँदै गरेको बा. प्र.०३–००२ प २०८७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई चेकजाँचको क्रममा पक्राउ उक्त सामाग्रि सहिच पक्राउ गरेको प्रहरीले जनाएको छ। 

पक्राउ परेका उनीहउपर प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।