फाईल फोटो।
सिरहा, १९ असोज। शुक्रबार र शनिबार निरन्तर आएको वर्षाका कारण आएको पहिरो र बाढीमा परेर ४९ ननादृ ज्यान गुमाउनको छ। नेपाल प्रहरीले दिएको पछिल्लो विवरण अनुसार, देशभर ज्यान गुमाउनेको संख्या ४९ पुगेको हो। यो विवरण दिउँसो साढे १ बजेसम्म संकलन गरिएको प्रहरीले जनाएको छ।
जसमध्ये सबैभन्दाबढी कोशी प्रदेशका जिल्लाहरूमा ज्यान गुमाउनेको संख्या धेरै छ। इलाममा मात्रै ३७ जनाको मृत्यु भईसकेका छन् । उदयपुरमा २, खोटाङमा १ र पाँचथरमा ६ जनाले ज्यान गुमाएका छन्।
त्यस्तै, रौतहटमा ३ जनाले बाढीमा परेर ज्यान गुमाएका छन।
प्रहरीका अनुसार, इलाममा १ जना, बारामा १ जना, रसुवामा ४ र काठमाडौंमा १ जना बेपत्ता छन्।