फाईल फोटो।

सर्लाही, १५ असोज। सर्लाहीमा माटोको ढिस्कोमा पुरिएर एक वृद्धासहित चार जनाको मृत्यु भएको छ। 

सर्लाही र महोत्तरीको सीमा भएर बग्ने हरिपूर्वा नगरपालिका १, हर्दीखोलामा घरलिप्ने माटो खन्ने क्रममा बुधबार बिहान महोत्तरीको सोनमा गाउँपालिका  ६, का ६५ वर्षीया सायदा खातुन, छ वर्षीया सबिबा खातुन, आठ वर्षीय डिल्लु मन्सुर र नौ वर्षिया नर्गिस खातुनको मृत्यु भएको हो।

उनीहरु सवैको घटनास्थलमै मृत्यु भएको हो।

खोला किनारमा खुर्पीले माटो खन्नेक्रममा ढिस्को नै खसेर चारै जनालाई पुरीएर अचेत अवस्थमा रहेका उनीहरुलाई प्रादेशिक अस्पताल मलङ्गवा लगेर चेकजाँच गराउँदा चिकित्सकले चारैजनालाई मृत घोषणा गरेको सर्लाही प्रहरीले जनाएको छ। 

खोला किनारमा खुर्पीले माटो खन्नेक्रममा ढिस्को नै खसेर चारै जनालाई पुरेको स्थानीयले बताए । स्थानीयका अनुसार चाडपर्वमा पूजापाठका लागि छ जना एकैसाथ माटो लिन आएकामध्ये दुई जना भाग्न सफल भएका छन्। 

सुरक्षित रहेका दुई जनाले घटनाबारे जानकारी गराएपछि गाउँलेहरु घटनास्थलमा आइपुगेका थिए। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको बताए। 

maunt