गोलबजार, १४ असोज। नेपालीहरुको महान पर्व विजया दशमीको अवसरमा पछिल्लो ४ वर्षदेखि नियमित हुँदै आएको ‘चौथो दाजुभाई भेट्रान्स खसी कप २०८२’ को खसी गोलबजार कर्मचारी भेट्रन्सले डोर्याएको छ। 

गोलबजार स्पोर्टस् क्लवको आयोजनामा सम्पन्न प्रतियोगितामा नन्दबाबा एकेडेमी भेट्रान्स कर्जन्हालाई ० को विरुद्ध १ गोल गर्दै कर्मचारीले खसी जितेको हो। 

d0ea8ca8-708a-4f5a-aa28-92251fe96611

प्रथम भएका गोलबजार कर्मचारी भेट्रन्सले २५ केजीको खसी उपहार भएका छन्। दोस्रो हुन सफल नन्दबाबा ऐकेडेमी कर्जन्हाले १६ केजीको खसी प्रदान गरिएको क्लवका सचिव नरेश लामाले जानकारी दिए।

 गोलबजारका लागि जर्सी नम्वर १४ का खेलाडी साबिर चौधरीले गोल गरेका थिए। प्रतियोगिताका बिजेता टोलीलाई कार्यक्रमका प्रमुख अतिथि दलित महिला केन्द्रका कार्यकारी निर्देशक तेजेन्द्र लामा ‘कुमार’ बाट २५ केजीभन्दा माथिको खसी हस्तान्तर गरेको आयोजकले जनाए। 

ll

उपबिजेता टोलीले प्रोपकारी गिट्टि बालुवा उद्योगका संचालक युवा व्यवसायी प्रमोद कुमार यादवको बाट १६ केजीभन्दा माथिको खसी प्रदान गरेको आयोजकले जनाए।

प्रतियोगिताको फाइनल खेलका म्यान अफ दि म्याजको पुरस्कार कर्मचारी भेट्रान्स गोलबजारका जर्सी ११ का खेलाडी कृष्ण शाक्यलाई प्रदान गरिएको छ। 

गोलबजार नगरपालिका २ गुरुधामस्थित  एकीकृत खेल ग्राममा सम्पन्न प्रतियोगितामा सिरहा र धनुषाका आठ वटा समूह सहभागी थिए।

प्रतियोगिताको पुरस्कार बितरण समारोहलाई सम्वोधन गर्दै दलित महिला केन्द्र नेपालका कार्यकारी निर्देशक लामाले यस प्रकारको खेलले बन्धुत्व र एकताको सन्देश दिएको बताए। उनले हिन्दु नेपालीहरुको महान पर्वको अवसरमा आयोजित यस्ता खालका खेलहरुलाई सबैले खुल्ला दिलले सहयोग गर्नु पर्ने पनि बताए।