काठमाडौं, १४ असोज। निर्वाचन आयोगले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावली सङ्कलन कार्य थालेको छ। १६ वर्ष उमेर पूरा भएका र नेपाली नागरिकताको प्रमाणपत्र भएका हरेक नागरिकले आफ्नो नाम दर्ता गराउन सक्नेछन्।

यो प्रक्रिया प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरूका साथै अनलाइन माध्यमबाट पनि गर्न सकिने आयोगले जनाएको छ।

नामावली सङ्कलनका लागि बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म सम्बन्धित कार्यालयहरूमा नाम दर्ता गराउन सकिनेछ। 

अनलाइन प्रि-रजिस्ट्रेसन आवेदन प्रक्रिया

मतदाता नामावलीमा नाम दर्ता गर्नमात्रै होइन यसअघि आफ्नो विवरणमा भएका त्रुटि सच्याउन वा ठेगाना सार्नका लागि पनि अनलाइनबाट प्रि-रजिस्ट्रेसन गर्न सकिन्छ। आज हामी नयाँ दर्ता कसरी गर्ने भनेर जानकारी दिँदैछौँ:

  • यसका लागि सबैभन्दा पहिले निर्वाचन आयोगको आधिकारिक वेबसाइटको यो लिङ्कमा जानुहोस्। 

  • त्यहाँ ‘नयाँ दर्ता’ र ‘नामावली अद्यावधिक’ गरी दुई विकल्प देख्नुहुनेछ ।

 

  • यदि तपाईंले अहिलेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्नुभएको छैन भने ‘नयाँ दर्ता’ मा क्लिक गर्नुहोस् । पुरानो मतदाता हुनुहुन्छ र विवरणमा रहेको त्रुटि सच्याउन वा मतदाता नामावली सार्न चाहनुहुन्छ भने ‘नामावली अद्यावधिक’ मा क्लिक गर्नुहोस् । 
  • नयाँ दर्ता फारम भर्नका लागि सुरुमा आफ्नो फोन नम्बर हाल्नुपर्छ ।

  • फोन नम्बर राखिसकेपछि उक्त नम्बरमा एउटा ओटीपी आउँछ । उक्त ओटीपीलाई आयोगको वेबसाइटमा तोकिएको स्थानमा भर्नुहोस्। 

  • ओटीपी राखेपछि देखिने नयाँ विन्डोमा तपाईंले विवरण भर्ने विभिन्न चरण पार गर्नुपर्छ।

  • त्यहाँ देखिएको ‘नयाँ दर्ता’ मा क्लिक गरी ‘आवेदन भर्नु पूर्व ध्यान दिनुपर्ने कुराहरू’ पढी ‘हालसम्म मेरो मतदाता नामावलीमा समावेश भएको छैन’ लेखिएको स्थानमा टिक लगाई ‘सुरु गर्नुहोस्’ मा थिच्नुहोस्।

  • अब खुल्ने नयाँ विन्डोमा प्रदेश, जिल्ला, गाउँपालिका/नगरपालिका, वडा नम्बर राखी मतदान स्थलको नाम राखेर अर्को फारममा जानुहोस्।

    shreejana 12