राजविराज, १३ असोज। सप्तरीमा विद्युत प्राधिकरणकै एक कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ। जिल्लाको हनुमाननगर उपकेन्द्रमा दैनिक ज्यालादारीमा कार्यरत सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका ९ का करिव ४५ वर्षीय दिनेश सुतिहारको मृत्यु भएको हो।
सुतिहारले हनुमाननगर कङ्कालिनी नगरपालिका १२ मा विद्युतीय पोलमा लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी डम्बरबहादुर कुरीले जानकारी दिए। करेन्ट लागेपछि उनलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ अस्पतालमा भर्ना गरे पनि उपचारकै क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ।