सिरहा, १३ असोज। जिल्ला प्रशासन कार्यालय सिरहाले सोमबार पुनः गोलबजारबाट नेपाल सरकारद्वारा अनुदानित  ४० बोरा मल मरामद गरेको छ। गोलबजार नगरपालिका नगरपालिका ६ का जितन सहनीको घरमा लुकाई छिपाई राखेको नेपाल सरकारद्वारा अनुदानित ४० डिएपी र युरियामल  बरामद गरेको हो। 

mal s

विशेष सुचनाको आधारमा छापा मारी उक्त परिमाणको मल बरामद गरेको जिल्ला प्रसास्न कार्यलय सिरहाका प्रतिनीधि सन्तोष रायले जानकारी दिए। उनले भने, ‘यसक्षेत्रमा व्यसायीले नेपाल सरकारद्वारा अनुदानित कृषि सामाग्री कम्पनीको मल लुकाएर राखेको भन्ने गोप्य सूचनाको आधारमा छापामार्दा उक्त परीमाणको मल बरामद भएको हो। तत्काललाई इलाका प्रहरी कार्यालयको निगरानीमा गोदाम शिल गरिएको छ।’

घरधनी फेला नपरेकाले कसले मल राखेको भन्ने अहिलेसम्म नखुलेपनि मुकेश विज भण्डारले त्यहाँ मल राखेको एक छिमेकीले बताए।

 प्रशासन कार्यालयले तत्काललालाई सवै मलको बोरामा जिल्ला प्रशासन लेखेर गोदाममै शिल गरेर छोडेको छ। घर धनीलाई सात दिनभित्र जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन समेत पत्र काटीएको छ। 

छापामार्ने टोलिमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल गोलबजारमा प्रतिनिधीको उपस्थिति रहेको थियो। 

यस अघि पनि गोलबजार ६ बाटै यहि अशोज ८ गते एक सय ५४ बोरा मल बरामद गरेको थियो।

कृषि सामाग्रि कम्पनी तथा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड लहान, व्यसायी र कृषि सहकारीहरुको मिलेमत्तोमा सरकारद्वारा अनुदानीत मलमा कालो बजारी हुने गरेको छ। व्यसायीहरुकै अनुसार मल वितरणको जिम्मा पाएका अड्डाका प्रमुखहरुकै मिलेमत्तोमा प्रतिबोरा  दुई देखि तीनसयसमम लिएर ट्रक गोदाममा नल्याई बाहिरैबाट विक्रिगर्ने गरेको बताउँछन्।

4x10 dashain banner copy1