काठमाडौं, १२ असोज। पटक-पटक जुटेर फेरि फुटेका तराई मधेसकेन्द्रित दलहरू पुनः एकताका लागि गृहकार्यमा जुटेका छन् ।
जेनजी पुस्ताको आन्दोलनपछि ती दलहरू एकता प्रक्रियालाई तीव्रता दिएका हुन् । संघीय लोकतान्त्रिक मोर्चामा आबद्ध रहेका दलहरूबिच एकताका लागि प्रस्ताव नै पेस भएको छ। मोर्चामा रहेका दलहरू कुनै बेला एउटै दलमा थिए। तर आआफ्नो स्वार्थका कारण ती दलहरू अलग भए।