रामनारायण ठाकुर
मिर्चैया, १० असोज। ‘रक्तदान नै जीवन दान’ भन्ने मूल नाराका साथ मिर्चैयामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। बडा दशैँ, शुभ दीपावली तथा छठ पर्वको अवसर पारेर आयोजित कार्यक्रममा ४५ जनाले स्वेच्छाले रक्तदान गरेका छन्।
कार्यक्रम संयोजक राकेश साहका अनुसार भदौ २३ र २४ मा भएको जेन्जी प्रदर्शनको क्रममा घाइते भएका बिरामी तथा हाल सिरहा लगायतका विभिन्न स्थानमा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै उक्त कार्यक्रमको आयोजना गरिएको हो।
नेपाल रेडक्रस सोसाइटी लाहानको प्राविधिक सहयोगमा ब्लडफर नेपाल र साझा सपनाको संयुक्त आयोजना तथा एड् भेन्चर नेपाल, सइना सर्जिकल हाउस र अम्बिका अपसेट प्रेसको सहकार्यमा मिर्चैयाको कटारी चोकमा कार्यक्रम सम्पन्न गरिएको हो।