मिर्चैया, १० असोज। सिरहा प्रहरीले प्रतिवन्धित लागुपदार्थ ब्राउनसुगरसहित एक जनालाई नियन्त्रणमा लिएको छ। मिर्चैया नगरपालिका ५ संस्थाचोकबाट ९८ ग्राम १० मिलिग्राम अवैध लागूपदार्थ ब्राउनसुगरसहित सप्तरी राजबिराज नगरपालिका ७ का ४० वर्षीय दुर्गेश कुमार झा लाई विहिवार अपरान्ह पक्राउ गरेको हो।  

विशेष सूचनाका आधारमा हाईस गाडिमा पश्चिमतर्फ गईरहेका झालाई इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको जनाएको छ। 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

dulahaniya