गोलबजार, ९ असोज। नेपालीहरुको महान पर्व विजया दशमीको अवसरमा पछिल्लो ४ वर्षदेखि नियमित हुँदै आएको ‘चौथो दाजुभाई भेट्रान्स खसी कप २०८२’ फुटवल प्रतियोगिता भोली शुक्रवार १० गतेबाट सुरु हुने भएको छ। गोलबजार स्पोटर््स क्लवको आयोजनामा हुनगईरहेको प्रतियोगितामा सिरहा र धनुषाका आठ वटा समूह सहभागी रहने आयोजकले जनाएको छ।
प्रतियोगिताको पहिलोखेल असोज १० गते विहान ७ बजे लहान भेट्रान्स र गोलबजार कर्मचारी भेट्रान्सविच हुने र दोस्रो खेल अपरान्ह २ बजे गोदार भेट्रान्स धनुषा र संयुक्त धनगढीमाई भेट्रान्स विच हुने क्वलका सचिव नरेश लामाले जानकारी दिए।
तेस्रो खेल ११ गते विहान ७ बजे तेतरिया भेट्रान्स र नन्दबाबा एकेडेमी भेट्रान्स कर्जन्हा विच हुने छ।
चेथो खेल गोलबजार भेट्रान्स र मिर्चैया भभेट्रान्सविच हुने आयोजकले जनाएको छ। फाईनलभने १४ गते हुने छ।
गोलबजार नगरपालिका २ गुरुधामस्थित एकीकृत खेलग्राममा हुने प्रतियोगितामा प्रथमहुने समूहले ३३ केजिको खसी र दोस्रो हुनेले १५ केजी खसी प्राप्त गर्ने छ।
