गोलबजार, ८ असोज। छोटो समयमा खेलक्षेत्रमा छुट्टै पहिचन बनाउन सफल गोलबजार स्पोर्ट्स क्लब गोलबजारको प्रथम साधारणसभा सम्पन्न भएको छ। गोलबजारस्थित वर्गर हउसमा विहिवार सम्पन्न प्रथम नगरसभाले रन्जित कुमार लामाको  अध्यक्षमा ११ सदसीइ कार्यसमिति चयन गरेको छ।  

maunt

समितिको उपाध्यक्ष प्रविण श्रेष्ठ, सचिव नरेश लामा, सह–सचिव श्रवण मण्डल र कोषाध्यक्ष सुर्यनारायण साह सर्वसम्मत रुपले चयन भएको छ। 

साधारणसभाको उद्घाटन गोलबजार नगरपालिकाका नगरप्रमुख श्याम कुमार श्रेष्ठले पानसमा दिप प्रज्वलन गरी गरेका थिए।  उनले साधारणसभा सफलताको कामनासँगै नवगठित कार्यसमितिको कार्यकाल सफलताको कामना गरेका थिए।  

कार्यक्रममा मधेस खेलकुद परिषद्का सदस्य निशेष कुमार श्रेष्ठ,लबजार नगरपालिकाका वडाध्यक्षहरु संजित लामा, धनप्रसाद लामा र सकलदेव यादवको उपस्थिति रहेको थियो। उनीहरुले खेलकुदको विकासमा पालिकाले एकद्वार प्रणालि अपनाउन आवश्यक रहेकोबताए। खेलकुद त्यसमा पनि फूटवल खेलमा क्लवले गरेको प्रयासको सवैले सरहाना गरेका थिए। 

क्लबका अध्यक्ष रन्जित कुमार लामाको अध्यक्षतामा सम्पन्न प्रथम साधारणसभा कार्यक्रमको उद्घोषण कराते खेलका प्रशिक्षक कसम कुमार लामाले गरेकाथिए।