जनकपुरधाम, ८ असोज। नेपाली कांग्रेसले जनमत पार्टी नेतृत्वमा रहेको मधेश प्रदेश रकारलाई दिएको समर्थन फिर्ता लिने लिएको छ।
जनकपुरधामा बसेको कांग्रेस मधेश प्रदेश संसदीय दलको बैठकले सर्वसम्मत निर्णय गर्दै बुधबार सरकारलाई दिइरहेको समर्थन फिर्ता लिने र सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको हो।
बैठकमा उपस्थित प्रदेशसभा सदस्यहरुले छलफल गर्दै जनमत पार्टीले नै मुख्यमन्त्रीसहित आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाइसकेकाले नेपाली कांग्रेसको समर्थन जारी रहनु औचित्य नरहेको निष्कर्ष निकालेका थिए।
बैठकपछि जारी विज्ञप्तीमा भनिएको छ, ‘सरकारको नेतृत्व गरिरहेको दल जनमत पार्टीले नै वर्तमान सरकारलाई दिइरहेको समर्थन फिर्ता लिएर मुख्यमन्त्री र मन्त्रीहरुलाई फिर्ता बोलाइसकेको अवस्थामा नेपाली कांग्रेस पार्टीले समर्थन दिई रहनुपर्ने कुनै औचित्य छैन। त्यसैले आजकै मितिबाट समर्थन फिर्ता लिइएको छ।’
जनमत पार्टीले आफ्ना मन्त्री फिर्ता बोलाउँदै समर्थन फिर्ता लिएपछि नेपाली कांग्रेसले पनि आजदेखि आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएको कांग्रेस मधेशले जनाएको छ।