ज्ञान कुमार राय
सिरहा, ८ असोज। जिल्ला प्रशासन कार्यालय सिरहाको संयुक्त अनुगमन टोलिले गोलबजारबाट १५४ बोरा अनुदानित मल बरामद गरेको छ। अनुगमन टोलिले नगरपालिका ६ पानिट्याङ्की नजीकैको गोदामबाट व्यवसायीले लुकएर राखेको सरकारी अनुदानको युरिया, डिएपी र पोटाससहितको मल बरामद गरेको हो।
अनुगमन टोलिले कृषि सामाग्रि कम्पनी लिमिटेडबाट अनुदानमा वितरण भएको डिएपी ९६ बोरा, युरिया ३६ बोरा र पोटाँस ६ बोरा बरामद गरेको जिल्ला प्रशासन कार्यालय सिरहाका प्रतिनिधी अनिल कुमार यादवले जानकारी दिए। त्यसैगरी, साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको ६ बोरा युरिया र एक बोरा पोटाँससहित ९ बोरा अन्य गैर अनुदानित मलसहित १५४ बोरा मल गरेको हो।
कृषि सहकारी संस्थामार्फत किसानलाई वितरण गर्ने अनुदानित मल व्यसायीले कालोबजारीमार्फत खरिदगरी दोवर मूल्यमा विक्रि भईरहेको भन्ने किसानको गुनासोको आधारमा आएका अनुगमन टोलिले उपरोक्त परिमाणको मल बरामद गरेको अनुमगन टोलिले जनाएको छ।
टोलिले गोलबजार नगरपालिका ६ कै धमिनीस्थान जनीकको एक घरमा अनुदानित मल राखेको भन्ने सूचनाको आधारमा शिल गरेको छ। अनुगमन टोलिले छरछिमेकसँग बुझ्दा कसैले पनि गोदाम कसको हो र के छ भन्ने जानकारी नदिएपछि टोलिले शिल गरेको जानकारी दिए।
उनका अनुसार किसानको गुनासो पछि आफूहरु अनुगमनमा आउँदा एउटै गोदामबाट १५४ बोरा अनुदानित मल बरामद भएको र एउटा गोदाम शिल गरेको जनाए।
कृषि सामाग्रि कम्पनी लिमिटेड लहानका प्रमुख दिपराज लाई यो मल व्यसायीसम्म कसरी पुग्यो? भनि प्रश्न गर्दा उनले यो अनुसन्धानको विषय भएको बताए। उनले भने, ‘हामीलाई पनि अचम्म लागिरहेको छ। यसको विषयमा हामी अनुसन्धान गरिरहेका छौं।’
अनुगमन भएको जानकारी पाएपछि गोलबजारका धेरै कृषि विजभण्डारहरु बन्दगरेर सञ्चालकहरु भागेका थिए।
बरामद मलका गोदाम धनि सम्पर्कमा नआएपनि कौशल महतोको रहेको स्थानीयले बताए। शिल गरिएको गोदाम भने उनकै दाजु बिनोद महतो रहेको नाम उल्लेख नगर्ने सर्तमा एक स्थानीयले जानकारी दिए।
अनुदानित मल उनीहरुले दोव्वर मूल्यमा बेच्दै आएका थिए।
अनुगमनमा जिल्ला प्रशासन कार्यालय सिरहाका प्रतिनिधी, कृषि सामाग्रि कम्पनी लिमिटेड लहानका प्रमुख दिपराज पौडेल, सशस्त्र प्रहरी, इलाका प्रहरी कार्यालय गोलबजारका प्रतिनिधी, गोलबजार उद्योग बाणिज्य संघ अध्यक्ष विजाय कुमार साहलगायत रहेको थियो।