सिरहा, ७ असोज। अपहरणमा परेका सिरहाको गोलबजार १३ दुर्गापुर डङ्ग्राहमा एक बालकको हत्या गरी फालिको अवस्थामा घरनजीकै शव फेला परेको छ। तीनदिन अघि अपहरणमा परेका स्थानीय स्वर्गिय संज्य कुमार सिंहका १४ वर्षिय छोरा अभिशेक कुमार सिंहको रहेको वडा अध्यक्ष नन्द कुमार महतोले जानकारी दिए।
घरबाट यहि असोज ५ गते आईतबारदेखि हराईरहेका बालकको शव मंगलबार विहान घर नजीकैको अर्जुन आधारभुत विद्यालय नजीकै भेटीएको हो।
राती साथीहरुसँग झिंजिया हेर्न एको होलाभनि खोजतलास नगरेपनि विहानसम्म छोरा नआएपछि खोजलास सुरुगरेको वडा अध्यक्ष महतोले बताए। उनले भने, ‘बालक विहानपनि घर नआएपछि खोजतलास गर्दै मेरोमा पनि आउनु भयो, सोही क्रममा मोवाइल हेर्दा इमोमा ५ करोड फिरौति माँगेको म्यासेज आईरहेको थियो। हिन्दिमा लेखिएको सो म्यासेजमा ५ करोड रकम सेपटेम्वर २५ भित्र बुझाउन तथा प्रहरी र पत्रकारलाई खवरगरे जे पनि हुन सक्ने लेखिएको थियो।’
घटना जानकारी पाउनसाथ आफूहरुले सम्वन्धित निकाय र आफ्नो आफन्तमार्फत खोजिको लागि प्रयास सुरुगरेको वडा अध्यक्ष महतोले बताए। उनले भने, ‘हामी सवै आ आफ्नो ढङ्गले खोजि कार्यमा लागिरहेका थियौं, आज विहान घरै नजीक शव भेटियो, अव विभत्स अवस्थामा रहेको छ। प्रहरी टोलि पनि आईपुगेको छ।’