सिरहा, ३ असोज। गुप्ता ब्रदर्श अटो ट्रेडले सिरहाको मिर्चैयामा ‘बजाज ग्राण्ड एक्सचेन्ज’ मेलाको भव्य आयोजना गरेको छ। जुनसुकै कम्पनीको पुरानो मोटरसाईकलसँग राम्रो मूल्यमा बजाज कम्पनीको नयाँ मोटरसाइकल साट्ने योजनासहित भदौ ३१ गते देखि असोज ७ गतेसम्म ‘बजाज ग्राण्ड एक्सचेन्ज’  मेलाको आयोजना गरिएको हो। 

20250918_160612-1024x577

सामान्य अवस्थामा भन्दा ‘बजाज ग्राण्ड एक्सचेन्ज’ को सामान्यमा जुनसुकै कम्पनीको पुरानो मोटरसाइकलको उच्च मूल्याङ्कन, नागरिक्ताकै भरमा तुरुन्त फाइनान्स सुविधा, बीपीएल बजाज प्रिमियर लिग स्क्र्याच कुपनमार्फत एक लाखसम्मको  नगद पुरस्कारजस्ता सुविधा प्रदान गरिएको गुप्ता ब्रदर्श अटो ट्रेडका संस्थापक राजु गुप्ताले जानकारी दिए। 

20250918_173803-1024x577

मेलामा नगद र एक्सचेन्ज दुवैको राम्रो विक्रि भईरहेको बताए। उनले कम्पनीले बेला बेलामा ग्राहकहरुको सुविधालाई मध्येनजर गर्दै मेलाको आयोजना गर्नेगरेको बताए। 

उनले भने, ‘पुरानो मोटरसाइकलको उच्च मूल्याङ्कन, विना झन्झट नागरिकताको भरमा १० मिनटमा फाइन्स र लाखौं रुपैयाँको पुरस्कारसहितको सम्पूर्ण प्याकेज सधै रहँदैन। त्यसैले यस्तो बेलामा ग्राहकको आक्रर्षण बढी नै हुन्छ।’  

विश्वकर्मा पुजा, दशैं, तिहार जस्ता चाडपर्वलाई लक्षित गरेर मेला आयोजना गरिएको बताए।  ‘ग्राहकलाई बढी सेवा–सुविधा दिनु नै हाम्रो उद्देश्य हो;’ गुप्ताले भने, ‘हामी नेपालीहरुको गाडी भित्र्याउने पनि खास चाड पर्व भएकाले यो समय छानियको हो। तेस्रो दिनसम्म नै सयौंको संख्यामा बाइक बिक्री भइसकेको छ। नगद र फाइनान्स दुवैको रेसियो उस्ता उस्तै छ।’

यसैबीच, सिरहा गोलबजार नगरपालिका २, गुरुधामका पवित्र महतोले मेलामाबजार कम्पनीको प्लाटिना बोटर साइकल खरिद गर्दा बजाज प्रिमियर लिग स्क्र्याच कुपनमार्फत ५० हजार  नगद पुरस्कार हात पारे। महतोले खुशी व्यक्त गर्दै ‘म आफैंले मात्र होइन, अरुलाई पनि बजाज कम्पनीको बाइक किन्ने सुझाव दिनेछु।’ भने।


mount collej (1)