सिरहा, २७ भदौ। सिरहा प्रहरीले जेएनजी आन्दोलनको क्रममा विभिन्न कारागारबाट फरार भएका तीन जना कैदि बन्दीहरुलाई भारतीय सीमाक्षेत्रबाट नियन्त्रणमा लिएको छ।
जेएनजीको आन्दोलनको क्रममा कारागार कार्यालय जलेश्वर र बाल सुधार गृह विर्ता पर्साबाट भागेका मध्य तीनजनालाई नेपाल भारत सीमाबाट भारतीय प्रहरीको सहयोगमा तीयन्त्रणमा लिउको हो।
जिल्ला प्रहरी कार्यालय सिरहा सूचना अधिकारीसमेत रहेका डीएसपी विरेन्द्र कुमार पासवानको नेतृत्वमा खटिएको टोलीले नेपाल भारत सीमाबाट भारतीय प्रहरीको सहयोगमा जलेश्वर कारागारबाट भागेको बन्दी
२६ वर्षिय रुपेश कुमार वैदारलाई नियन्त्रणमा लिएको जनाएको छ। उनी लागूऔषध र हातहतियार खरखजनामा पूर्पक्षका लागि जलेश्वर गारागारमा रहेका थिए।
बाल सुधार गृह, विर्ता पर्साबाट भागेका बाल बिज्याईकर्ता १४ वर्षिय मो. सद्दाम अन्सारी र १५ वर्षिय मो. सहमद नदाफलाई पक्राउ गरी सम्वन्धित कार्यालयमा पठाउन समन्वय गरिरहेको प्रहरीले बताएको छ। उनीहरु क्रमशः जवरजस्ती करणी मुद्दा र कर्तव्य ज्यानमुद्दामा कारागारमा थिए।