सिरहा, २४ भदौ। मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री सत्रुधन प्रसाद सिंहको गोलबजारस्थित घरमा आगजनी गरेको छ। आक्रोशित आन्दोलनकारीहरुले गोलबजार नपा ६ मा रहेको उनको घरमा व्यसयीहरुका सम्पूर्ण सामान झिकेर आगो लगाएको हो।
आन्दोलनकारीहरु विहानै देखि पटक पटक उनको घर तोटफोड र आगजानी गर्न गएपनि व्यसायीहरुको अनुरोधमा रोकिएको थियो। अपरान्ह व्यसायीको सवै सामानहरु झिकेर आगो लगाईदिएको स्थानीयले बताएको छ।
प्रशासनले कर्फ्यु लागाएपनि आन्दोलनकारीले अझै प्रदर्शन र छोडफोड रोकिएको छैन्। जिल्लाका आन्दोलन भईहेको क्षेत्रमा सुरक्षा निकायको उपस्थिति सून्यताको अवस्थामा छ।






















