सिरहा, ४ भदौ। नेपाल इँटा उद्योग महासंघ मधेश प्रदेशको जनकपुरमा बुधबार सम्पन्न दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभाले सर्वसम्मत रुपमा पुनः विक्राम साहको अध्यक्षतामा १७ सदसीय प्रदेश समिति चयन गरेको छ। 

ac51c323-65f3-49f5-a442-4663ef1867fa

समितिको बरिष्ठ उपाध्यक्षमा नवलकिशोर साह, उपाध्यक्ष संजय चौधरी, महासचिव अशोक जयसवाल, कोषाध्यक्ष रामबाबु पञ्जीयार चयन भएका छन्।  

त्यसैगरी, सदस्यहरुमा मो. मुसलिम मिया र कृष्ण देव पण्डित सप्तरी, पुनम चौधरी र रामकृपाल यादव सिरहा, लक्षमण राय यादव धनुषा, मनोस साह महोत्तरी, विष्णु प्रसाद मैनाली सर्लाही, गेनालाल प्रसाद, बेदे आले रौतहट, ओमप्रकाश यादव वारा र गौरी शंकर साह पर्सा चयन भएका छन्। 

अधिवेशनले तीन सदसीय सल्लाहकार समिति गठन गरेको छ। सल्लाहकार समितिमा अवदुल हकिम, मोहन साह र शिव पुजन साह रहेका छन्। 

आजै जनकपुरको रोयल प्यालेश होटलमा सम्पन्न अधिवेशनको उद्घाटन समारोहमा मधेश प्रदेशका मुख्य मन्त्री सतिश कुमार सिंहले मन्तव्यसहितको उद्घाटन गरेका थिए। 

अधिवेशनमा मधेश प्रदेशका ८ जिल्लाबाट करिव २ सय व्यसायीहरु सहभागी भएका थिए।


527356634_4176884619230278_139256916015759546_n