सिरहा, ३ भदौ। नेपाल इँटा उद्योग महासंघ मधेश प्रदेशको दोस्रो अधिवेशन तथा तेस्रो साधारसभाको सम्पूर्ण तयारी पुरा भईसकेको आयोजकले जनाएको छ। भोली बुधबार धनुषाको जनकपुरधामस्थित रोयल प्यालेशमा हुन गईरहेको अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष विक्रम साहले जानकारी दिएका हुन्। 

अधिवेशको उद्घाटन मधेश प्रदेशका मुख्यमन्त्री शतिश कुमार सिंहले गर्ने आयोजकले जनाएको छ। अधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्ने जनाएको छ। 

व्यसायमा भईरहेको विभिन्न बाधाव्यधानकाविच उद्योगले आफ्नो आवधिक योजना अनुरुप अधिवेशन गर्न लागेको आयोजकले जनाएको छ। अधिवेशनमा प्रदेशका ८ जिल्लाबाट दुई सय उद्योगीहरु सहभागी हुने छ।  

shreejana school