आशिष विश्वकर्मा

सिरहा, १२ साउन। सिरहाको बिष्णुपुर गाउँपालिका १ गौरिपुर लक्ष्मीनियाँधार किनारमा करोडौं लगानीको सरकारी भवन प्रयोग विहिन छ। गाउँपालिकाले भने कार्यालय सञ्चालन तथा अध्यक्ष र प्रशासकिय अधिकृतको आवास प्रयोजनको नाममा वर्षेनी लाखौं रकम खर्च गर्दै आईरहेको छ। 

96edf5b1-fe38-4e36-84ba-27a68b04aa5a

संघीय सरकारको तीन करोड रुपैयाँमा लगानीमा निर्मीत ‘विष्णु भवन’ निर्माण भएको हो। पूर्व जनप्रतिनिधीले वृद्धाआश्रम सञ्चालन गर्ने उदेश्य रानि निर्माण गरेकोे भएपनि यसको सहि उपयोग हुन सकेको छन्। 

पहिलो पटक ‘बिष्णु सदन’ भवन निर्माणको नाममा करिब २ करोड ५० लाख  रुपैयाँको बजेट ल्याएर निर्माण सुरु गरिएको थियो। ठेक्कासम्झौता भने २ करोड रुपैयाँमा गरि निर्माण सम्पन्न भएको हो। पछि भान्सा घर निर्माणको लागि दुई पटक ५०–५० लाखका दरले थप एक करोड लगानी भएको पूर्व वडा अध्यक्ष गोविन्द्र यादवले जानकारी दिए। 

shreejana school

हाल दुईतले भवनको २४ वटा हल तथा कोठा, छुट्टै भान्साघर र अन्य आवश्यक पूर्वाधार छन्। यति ठूलो पूर्वाधार सञ्चालनमा नआउँदा विस्तारै तोडफोड हुन थालेको छ। भवनका झ्यालका शिसा, ढोका, ताल्चा, शौचालयहरुमा क्षति पुगेको छ। 

स्थानीय ७५ वर्षिय नागरेश्वर यादवले भवन निर्माण भएको वर्षैं वितिसक्दा पनि प्रयोगमा नआएको प्रति चिन्ता व्यक्त गरे। उनले भने, ‘सरकारको यति ठूलो रकम यहाँ खर्च भएको छ। तत्काल वृद्धाश्रम सञ्चालन गर्न नसकिएपनि गाउँपालिकाको कार्यालय सञ्चालन गर्दा हुने हो। यता यति ठूलो भवन अलपत्र अवस्थामा छ। उता कार्यालय सञ्चालन र आवाष भवनको नाममा लाखौं रकम घर भाडा तिरीरहेका छन्।’

यादवले थपे, ‘भवनमा कार्यालय सञ्चालन गर्दा भवनको सुरक्षा पनि हुने थियो र सरकारी रकम बचत पनि हुने। तर, जनप्रतिनिधीको दृष्टिकोण सहि  नहुँदा भवन अलपत्र वनेको छ।’ 

पालिकाका लेखा सहायक गंगाप्रसाद यादवले मासिक एक लाख रुपैयाँ घरभाडा तिर्ने गरेको जानकारी दिए। एउटै भवन नभएकाले चारवटा भवनमा कार्यालय सञ्चालन भईरहेको छ र तीनको भाडा वर्षिक रुपमा १२ लाखभन्दाबढी बुझाउने गरेको यादवले जानकारी दिए। 

यसरी सामाजिक सेवाको नाममा भव्य संरचना बने पनि नीति, पहल र इच्छाशक्तिको अभावमा सेवा दिन असफल भएको छ। स्थानीय तहले सरकारी लगानीमा बनाइएको संरचना उपयोग गर्न नसक्नुले जनप्रतिनिधिको गैरजिम्मेवारी झल्काएको भन्दै आलोचना भइरहेको छ।

यसै वडाका पूर्व अध्यक्ष गोविन्द्र यादवले पनि आफूले गाउँपालिका अध्यक्षसहितका जनप्रतिनिधीलाई भवनको सदुपयोग गर्न अनुरोध गरेको बताए। उनले भने, ‘मैले जे उदेश्यकासाथ भवन निर्माण भएको हो, त्यहि गर्नु पर्छ भन्ने छैन। अहिले भवनको सुरक्षाको लागि नै भएपनि यहाँ गाउँपालिकाको कार्यालय सञ्चालन गर्दा राम्रो हुन्छ।’

पालिका अहिले पनि भाडाको भवनमा रहेकाले त्यो भडाको रकम समेत बचत हुने यादवले तर्क गरे। 

त्यसैगरी मनोज कुमार महरा, कोशिला देवी महराले पनि भवन निर्माण भएको चार–पाँच वर्ष भइसक्दा पनि सञ्चालन नहुनु जनप्रतिनिधीको कमजोरी रहेको बताए। उनीहरले यति ठूलो लागतमा निर्माण भएको भवनको चारैतिर खर र घाँसहरु उमे्रका छन्। विस्तारै भवनमै क्षेति पुग्न थालेकोले यसको संरक्षण हुनु पर्नेमा जोड दिए। 

बिष्णुपुर गाउँपालिकाका अध्यक्ष सत्यनारायण यादबभने पूर्व जनप्रतिनिधीले के उद्देश्य भवन निर्माया गरेको हो, मलाई जनकारी भएन। आफूले त्यो वनमा प्राविधिक शिक्षा चलाउने विषयमा पहल गरिरहेको बताए। उनले भवन निर्माण वृद्धाश्रम सञ्चालन गर्न भनि वनेको भन्ने सुनेपनि त्यस विषयमा विशेष जानकारी नरहेको बताए। 

आफ्नो तर्फबाट भने प्राविधिक शिक्षालय चलाउन सीटीईभीटीको प्रदेश कार्यालयमा पहल गरिरहेको बताए। उनले भने, ‘त्यति ठूलो संरचनाको उपयोग गर्नु पर्छ मैली प्राविधिक शिक्षा चलाउन पहल गरिरहेको छ। दुई पटक अनुगमनसमेत भईसकेको छ।’

प्राविधिक शिक्षालय चलाउने  भनेपनि खाशमा गाउँ पलिका अध्यक्ष यो भवन प्रयोगमा ल्याउने मनसायमै नरहेको जनप्रतिनिधीहरु नै बताउँछन्। ‘उहाँले प्राविधिक शिक्षा चलाउने भन्नुहुन्छ, तर त्यस विषमा कुनै कामै भईरहेको छैन। कुनै प्रकृया नै चलाएको छैन। यो सव अध्यक्षको अलमल्याउने कुरामात्र हो।’ नाम उल्लेख नगर्ने शर्तमा एक जनप्रतिनीधिले भने। 

यति ठूलो रकम भाडा तिरेर कार्यालय चलाई रहनु भएको छ, त्यहि कार्याल्य चलाउँदा हुन्थ्यो होला नी? भनि प्रश्न गर्दा अध्यक्ष यादवले त्यो भवन अपाएक र असुरक्षीत रहेकाले त्यहाँ कार्यालय चलाउन नसकिने बताए। 

516939538_1305659338233850_8893756082021894389_n