एसके राय

सिरहा, ११ साउन। लामो समयमको खरेडीले पानिका स्रोतहरु सुक्न थालेपछि समस्यामा परेका गोलबजार नगरपालिका १० चोहर्वास्थित कुर्मीटोलका बासिन्दा छिमेकीले जेनेरेटर चलाएर निकालेको पानीको भर पर्नु परेको छ। नियमित रूपमा बिद्युत आपूर्ति नहुने र भएकाबेला पनि भोल्टेजको समस्या भएपछि गाउँकै ३५ वर्षिय कमलेश रायले जेनेरेटर चलाएर निकालेको पानीको भर पर्नु परेको हो।  

shreejana school

विनाकारण झ्याप–झ्याप विद्युत जाने र विजुली भएको बेला पनि भोल्टेजको समस्या भएपनि कमलेश रायले आफ्नो निजी जेनेरेटर चलाएर गाउँलेको प्यास मेटाई रहेका छन्। 

कमलेश भन्छन्, ‘बिद्युत नरहेको बेला म जेनेरेटर चलाउँछु, त्यसपछि गाउँका बासिन्दाहरू मेरो घर अगाडि लाइन लागेर पानी भर्न आउनु हुन्छ। आफ्नो घरका लागि चलाउँदै आएको जेनेरेटर गाउँले पनि आएपनि पानी दिनै पर्यो। अहिले सवै गाउँले यहि पानीमा निर्भर छन्।’

विना सूचना झ्याप झ्याप बिद्युत जाने र विजुली भएको बेलापनि पनि न्यून भोल्टेजका कारण पानि तान्ने मोटरसमेत नचल्ने भएपछि समस्या थपिएको छ। स्थानीय मोहन महतोले भने, ‘विना सूचना विद्युत आई जाई भईरहने र विद्युत भएको बेला पनि न्यून भोल्टेका कारण पानी तान्ने मोटर चल्दैन। यो पटक हाम्रो पीडा न सरकारले बुझ्यो, न भगवानले नै। बिद्युत नहुँदा खेतीपाती मात्र होइन, पिउने पानीसमेत नपाईने अवस्था हुनथालेको छ।’

स्थानीयले खानेपानीको समस्या समाधानका लागि स्थानीय सरकारको ध्यानाकर्षण गराइरहेका छन्। तर, अहिलेसम्म कुनै ठोस पहल हुनसकेको छैन।  यस प्रति उनीहरुले आक्रोश व्यक्त गरे।  

यता, नेपाल बिद्युत प्राधिकरण मिर्चैया शाखाका सुपर–भाइजर संतोष कुमार ठाकुरले गर्मिका कारण लोडसेटिङ बढेको हुनाले भोल्टेजमा समस्या आउने गरेको बताए। ‘हाम्रो वितरण केन्द्रमा लोडसेडिङ् त छैन तर अन्यत्रको समस्याले भोल्टेज तलमाथि भइरहेको छ’ उनले भने।

अहिले गोलबजारमात्र हैन खरेडीका कारण जिल्लाका अधितम स्थानहरुमा पानीको समस्या देखिन थालेको छ। खरेडीका कारण पूर्वपश्चि राजमार्गदेखि उत्तरका जनता झन बढी प्रभावित भएका छन्।