रामनारायण ठाकुर
मिर्चैया, १० साउन। ‘मल्हनियाँपिरारी सेवा समाज’ले सिरहाको मिर्चैया नगरपालिका २, मल्हनियाँखोरीका एक विपन्न परिवारलाई आर्थिक सहयोग गरेको छ। संस्थाकासदस्य समेत रहेका स्वर्गिय फेकन महराको निधनपछि उनकी श्रीमतीलाई नगद २५ हजार रुपैयाँ  प्रदान गरेको हो।
shreejana school
स्व. महरा समाजका सक्रिय सदस्य थिए। उनको उपचारका क्रममा निधन भएपछि संस्थाले उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारलाई सहयोग गरेको हो।
सहयोग रकम महराको घरमै पुगेर एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको थियो। कार्यक्रममा संस्थाका संस्थापक तथा पूर्व अध्यक्ष शिवशंकर कापर, पूर्व अध्यक्ष राजकुमार कापर, पूर्व सचिव बलाराम माझीसहित समाजका अन्य सदस्यहरूको उपस्थिति रहेको थियो।
संस्थाका पदाधिकारीहरूले मृत आत्माको चिरशान्तिको कामना गर्दै पिरारी सेवा समाजले समाजसेवामा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेका थिए।रोजगारीको क्रममा कटारमा रहेका युवाहरुद्वारा सञ्चालित यो संस्थाले आर्थिक रुपले विपन्न समुदायलाई विभिन्न प्रकारले सहयोग गर्दै आईरहेको छ।