सिरहा, १० साउन। सिरहा प्रहरीले लागुऔषध ब्राउनसुगर कारोवारी भारतीय एक नागरिकलाई पक्राउ गर्न गोली चलाएको छ। प्रहरीले भारतको मधुवनी जिल्ला अन्तर्गत ग्राम पंचायत बिरपुरका ३८ वर्षिय श्यामसुन्दर पासवानलाई ५० ग्राम ब्राउनसुगरससहित नवराजपुर गाउँपालिका ४ कुसण्डि जाने बाटोबाट पक्राउ गरेको हो। 

बीआर ३२ एम ७३३८ नम्बरको भारतीय मोटरसाइकलमा सवार पासवानलाई सुराकीका आधारमा चेक जाँच गर्न खोज्दा भाग्न खोजेपछि प्रहरीले टाइप ७७ पेस्तोलबाट एक राउण्ड गोली फायर गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सुचना अधिकारी डीएपी बीरेन्द्र कुमार पासवानले जानकारी दिए। 

भारतबाट नेपालतर्फ बीआर ३२ ः ७३३८ नम्वरको मोटरसाइकलमा लागुऔषध आउँदै छ भन्ने सुचना पाएपछि इलाका प्रहरी कार्यालय झाझपट्टी, जिल्ला प्रहरी कार्यालय सिरहा र लागु औषध नियन्त्रण व्युरो गोलबजारबाट प्रहरी टोलि त्यहाँ पुगेका थिए।

पक्राउ परेका पासवानलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेशपुरपतारमा पठाइएको जनाइएको छ।

shreejana school