काठमाडौं, ५ साउन। बाङ्ग्लादेशमा वायुसेनाको एउटा विमान सोमवार अपराह्ण राजधानी ढाकामा दुर्घटना हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ। वायुसेनाले तालिमका लागि प्रयोग हुने आफ्नो विमान दुर्घटनामा परेको पुष्टि गरेको छ।

516939538_1305659338233850_8893756082021894389_n

उक्त विमान उत्तरास्थित माइलस्टोन स्कूल तथा कलेजको भवनमा ठोक्किएको बीबीसीले जनाएको छ।

दुर्घटनामा परी १ सय ६४ जनाभन्दा बढी घाइते भएका छन्। बाङ्ग्लादेशको अन्तरिम सरकारका प्रमुख सहयोगी प्राध्यापक सयेदुर रहमानले हताहत हुने मानिसको सङ्ख्या पुष्टि गरेका हुन्।

अधिकांश घाइतेहरू उक्त विद्यालयमा अध्ययनरत विद्यार्थी भएको बताइएको छ। दुर्घटनाका कारण शरीर जलेर घाइते भएका ५० जनाभन्दा धेरैलाई अस्पतालमा भर्ना गरिएको छ।