सिरहा, ४ साउन। सिरहा कारागारका घाइते सवैजनालाई आजै थप उपचारको लागि काठमाडौं पठाइएको छ। नाईके नियुक्ति विषयमा आइतबार अपराह्न विवाद पछिको झपका घाईते १३ जनालाई थप उपचारको लागि काठमाडौं पठाइएको हो। 

shreejana school

उनीहरुलाई प्रोदशिक अस्पताले रेफर गरेपछि उपचारको लागि एम्वुलेन्समा हालेर सवैजनालाई केन्द्रिय कारागार पठाएको सिरहा कारागार प्रमुख सुबोध महतोले जानकारी दिए। उनले भने, ‘यहाँको डाक्टरसावहरुले सवैजनालाई रेफर गर्नुभयो, त्यसैले जिल्लाको सुरक्षा निकायको सल्लाह मबोजिम केन्द्रिय कारागार पठाएका छौं। त्यहाँ आवश्यकता अनुसार उपचारको प्रवन्ध मिलाउनुहुन्छ।’

झडपमा विजय महतो, बरुण महतो, शिवा भन्ने शिव कुमार राम, दिपक ठाकुर, शिवम् भन्ने जय प्रकाश चौधरी, जंगली भन्ने अन्जनी कुशवाह, छोटु भन्ने रिपेन्द्र झा, सन्तोष कुमार सिंह, बैजु दास, मकेश्वर महतो, दिपेन्द्र यादव, जितन साह र सत्यनारायण कारक रहेको कारागार स्रोतले जनाएको छ। 

सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बराललका अनुसार कारागाको रनाइके बनाउने विषयमा भएको विवाद पछि झडप भएको भन्ने प्रारम्भीक अनुमान छ। उनले भने, ‘प्रशासन र सुरक्षा अधिकारीहरूको टोली कारागार पुगेर थप सोधपुछ गरिरहेको छ। त्यसैले तत्काल यहि हो भन्ने अवस्था छैन।’

क्षमताभन्दा साढे तीन गुणा बढी कैदीबन्दी रहेको सिराहा कारागारमा अवैध कारोबार हुने गरेको आशंकामा जिल्ला प्रशासन कार्यालय सिराहाको नेतृत्वमा शनिबार बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसहितको सुरक्षा अधिकारीको टोलीले कैदीबन्दी बस्दै आएको हरेक कोठाको सर्च गरेको थियो। 

सर्च अपरेसनको भोलिपल्ट कारागारमा कैदीबन्दीबिच दोहोरो झडप भएको हो। अवैध असुलिको धन्दामा नाईकेको महत्व रहने भएकाले नाइके बन्ने विषयमा पहिलादेखि नै विवाद हुँदै आएको छ। घाइतेहरुले कारागार प्रशासनले ३५ लाख रुपैयाँ घुस लिएर आफुहरुमाथि आक्रमण गर्ने बतावावरण बनाएको आरोप लगाएको छ।