सिरहा, ४ साउन। जिल्ला सदरमुकाम सिराहास्थित कारागारमा आइतबार अपराह्न नाईके नियुक्ति विषयमा कैदीबन्दीहरूबिच दोहोरो झडपमा १३ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भिर रहेको सिराहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए। 

aa703586-5597-4e1a-a5a8-323c93034526

उनका अनुसार कारागारनाइके बनाउने विषयमा विवाद भएको हो की भन्ने प्रारम्भीक अनुमान छ। उनले भने, ‘अहिले प्रशासन र सुरक्षा अधिकारीहरूको टोली कारागार पुगेर थप सोधपुछ गरिरहेको छ। त्यसैले तत्काल यहि हो भन्ने अवस्था छैन।’

3fd099bd-eadc-465e-af14-1ee33406445c

‘‘घाइतेहरूको प्रादेशिक अस्पताल सिराहा उपचार भईरहेको छ’ उनले भने, ‘घाइते मध्ये ४–५ जनाको अवस्था अलि गम्भिर भएकोले भन्ने जानकारी आएको छ। प्रहरी प्रशासन र चिकित्सको सल्लाहमा थप उपचारको अन्यत्र पठाउनुपर्ने हुनसक्छ।’

घटनाबारे प्ररम्भिक छानबिनका लागि अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षकसहितको टोली कारागार पुगेको उनले जानकारी दिए।

क्षमताभन्दा साढे तीन गुणा बढी कैदीबन्दी रहेको सिराहा कारागारमा अवैध कारोबार हुने गरेको आशंकामा जिल्ला प्रशासन कार्यालय सिराहाको नेतृत्वमा शनिबार बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसहितको सुरक्षा अधिकारीको टोलीले कैदीबन्दी बस्दै आएको हरेक कोठाको सर्च गरेको थियो। 

सर्च अपरेसनको भोलिपल्ट कारागारमा कैदीबन्दीबिच दोहोरो झडप भएको हो। अवैध असुलिको विषयमा झडप भएको भएको बताइन्छ। तर यस विषयमा कारागार प्रमुख सुबोध महतोसँग सम्पर्क गरेपनि उनी सम्पर्कमा आएनन्।