तस्वीरहरु :ज्ञान कुमार राय
सिरहा, २ साउन। देशमा संघियतापछि दुई पटक स्थानीयतहको निर्वाचन सम्पन्न भईसहेको छ। तर, गोलबजार नगरपालिका १२ बेतौना पालटोलका स्थानीयले जनप्रतिनिधी निर्वाचित भएको अझै महसुस गर्न सकेका छनन्।
वरपरका टोल बस्तीहरुमा बर्षेनी विकास निर्माणका विभिन्न योजनाहरु सञ्चालन भईरहेका छन्। कतै सडक ढलान, कतै विद्युतिकरण, कतै सडक ग्राभेल त कतै पाहुनाघर र मठमन्दिर निर्माण भईरहेका छन्। तर, एकसय भन्दाबढी घर–परीवाररहेको यो बस्तीमा विकासको नाममा एक चपरी माटो पनि कतै परेको छैन।
बस्तीको पाँचसय मिटरभन्दा लामोबाटो छ। यो बाटोको पछिल्लो ८ वर्षदेखि मर्मत सम्भारको काम हुन सकेको छैन। बाटोको ठाउँ ठाउँमा खोल्डो खुल्डी परेको छ। सामान्य पानीपर्दा पनि हिड्नै नमिल्ने गरी हिलाम्य हुने स्थानीयको भनाई छ।
निर्वाचित जनप्रतिनिधीको पक्षमा यस टोलबस्तीबाट मत नआएकोले विकास निर्माणको काम नभएको अवकास प्रप्त शिक्षक शम्भु राउतले बताए। उनले भने, ‘यहाँका जनतालाई विपक्षी सम्झेर वडा अध्यक्षले काम गरिरहेको छैन। वडाले नगर्ने भएपछि हामी पालिकामै पुगेर मेयरलाई पनि पटक–पटक अनुरोध गर्यौं। केही हुन सकेन। अहिले सामान्य पानीपर्योभने एम्वुलेन्स समेत गाउँ पस्न सक्दैन।’
शिक्षक राउले थपे, ‘एक पटक यही बाटोभएर मेयर जाँदैहुनुहुन्थ्यो, हामीले रोकेर हाम्रा समस्या सुनायौं, देखायौं। उहाँले मैले यो समस्या टिपें, वडा अध्यक्षलाई भनेर म तत्काल समाधान गर्न लागाउँछु भन्नुभयो। तर काम भएन।’
पछि पनि हामी नगरपालिकामै पुगेर ‘हजुर काम अझै भएन’ भनेर विन्त विसायौं। यसपटक पनि मेयरले तत्कालै वडा अध्यक्षलाई बोलाएर तुरुन्तै ग्राभेल गर्न निर्देशन दिनुभयो, त्यो निर्देशन पनि पालना नभएको पूर्वशिक्षक राउतले सुनाए। उनले भने, ‘हामीलेमात्र कराएर जनप्रतिनिधीहरुले सुन्नुभएन, त्यसैले आज हामी सञ्चारलाई गुहार्न बाध्यभयौं। हाम्रो दुःख सवैले थाहापाउने गरी ठूलो बोलिदिनु पर्यो÷देखाईदिनु पर्यो हजुर।’
अर्का स्थानीय ७८ वर्षिय सुकदेव राउतले पछिल्लो १० वर्षदेखि विकासको नाममा यो गाउँमा केही नभएको गुनासो गरे। बटोमात्र हैन हामी आधारभुत सेवाबाट समेत बञ्चित हुनु परेको छ। उनले भने, ‘हामीहिड्ने बाटोको मर्मत र स्तरोन्नती त भएन भएन, मेरो पीउने पानी पनि छैन। मैले वडा अध्यक्षलाई गुहारेपनि मैले एउटा कल समेत पाईंन। अहिले म अरुकोबाट पानी ल्याएर चलाउँदै छु।’
स्थानीय ४७ वर्षिय नन्दकिशोर झा, ३० वर्षिय प्रमोद ठाकुर र ६५ वर्षिय वेचुपालले पनि आफ्नो वस्तिलाई दलिय हिसावले विपक्षीको कोटीमा राखेकाले विकासको काम हुन नसकेको बताए। उनीहरुले भने, ‘पछिल्लो १० वर्षको अवधिमा यो गाउँमा विकासको कुनै कामै भएको छैन। हिड्नै नसक्ने अवस्था आएपछि हामी आफैले आफ्ना अगाडी बाटो लाउँछौं। त्यसैले अलिकति सहज भएको छ। अन्यथा हाम्रो सडकमा उभिने ठाउँपनि हुँदैन।’
यो बाटोबाट दैनिक सयौंको संख्यामा मानिस, साईंकल, मोटरसाईंकल र ट्याक्टर हिड्ने गर्छ।
यस सम्वन्धमा वडाक्ष गणेश कुमार मुखियालाई सम्पर्क गर्दा उनले अव प्रदेशबाट ठूलै बजेट ल्याएर एकै पटक ढलानै गर्छु भन्ने जवाफ दिए। तपाईंले आजसम्म एक ट्याक्टर ग्राभेलपनि हाल्नु भएन छ। किन नहाल्नु भएन? भनि प्रश्न गर्दा उनले उही कुरा दोहर्याए। ‘यो पटक नगरपालिकालाई पनि अनुरोध गरेको छु। प्रदेशमा पनि प्रयास गर्छु।’
तपाईले विपक्षी भएकाले यहाँ विकासको काम नगरेको भन्ने आरोप छ नी भनि प्रश्न गर्दा उनले मेरो कोही विपक्षी छैन। वडाका सवै जनता हाम्रै हुन। त्यस्तो केही होइन। भन्ने जवाफ दिए।
यस सम्वन्धमा मेयर श्यामकुमार श्रेष्ठसँग प्रतिकृयालिन फोन गरेपनि उनको फोन उठेन।
मुखिया नेकपा (एमाले)बाट वडा अध्यक्ष दुवै कार्यकाल वडा अध्यक्ष निर्वाचित भएका हुन्।