सिरहा, ३१ असार। सिरहाको गोलबजारस्थित माउण्ट एभरेष्ट सेकेन्ड्री स्कूल एण्ड कलेजले यहि शैक्षिक शत्रबाट कक्षा ११ र १२ मा विज्ञान विषय पढाई सुरुहुने भएको छ। यसअघि देखि नै वाणिज्य, शिक्षा र कम्पूटर साइन्स विषयमा पठन–पाठन भईरहेको रहेको कलेजले चालु शौक्षिकशत्रबाट विज्ञान विषयमा भर्ना खोलेको हो।
सम्पूर्ण शिक्षाको केन्द्रको रुपमा विकास भईरहेको यस कलेजले अन्य शहरमा पढ्नजानुपर्ने बाध्यतालाई मध्यनजरगर्दै निरन्तर रुपमा थप विषयहरु ल्याउने कार्यभईरहेको कलेजका निर्देशक तथा संस्थापक मनोज यादवले जानकारी दिए। उनले सोही योजना अन्तर्गत यस शैक्षकशत्रबाट विज्ञान विषयको पठन पाठन सुरुगर्न लागेको जानकारी दिए।
उनले हाम्रो क्षेत्रबाट विज्ञानसहित उच्च शिक्षाका अन्य विषय पढ्नका लागि विद्यार्थीहरु टाडाको शहर गईरहेका छन्। हामीले नै राम्रोशिक्षा दिनसे ती विद्यार्थीले आफ्नै घरमा बसेर सहज ढङ्गले पढ्न पाउन भन्ने छन्। उनले भने, ‘यहाँका सवै तप्काका अभिभावकले आफ्नो सन्तानलाई राम्रो शिक्षा दिन पाउन भन्ने हाम्रो उदेश्य हो। सोही उदेश्यसहित कलेजले आफूलाई विकास गरिरहेको छ। यस पटक विज्ञान विषय थपीएको छ, आउने दिनहरुमा एउटै थलोमा सवै शिक्षा पाउन भन्ने ढङ्गले हामीले सोचि रहेका छौं।’
कलेजले गत शैक्षिकशत्रबाट राजर्षि जनक विश्वविद्यालयबाट सम्वन्धन प्राप्त गरी स्नातक तर्फ बीबीएको कक्षा सञ्चालन भईरहेको छ।