फाईल फोटो।
सिराहा, २८ असार। सिरहा प्रहरीले औरही गाउँपालिका ५ मलाह टोलबाट दुई क्विन्टलभन्दाबढी अवैध लागूऔषध गाँजासहित एक युवकलाई नियन्त्रणमा लिएको छ। प्रहरीले स्थानीय २३ वर्षीय राम उदगार मलाहलाई शुक्रबार राति २ सय १२ किलो ९ सय २५ ग्राम गाँजासहित प्रहरीले पक्राउ गरेको हो।
सो स्थानमा गाडीबाट लागूऔषध गाँजा झार्दै गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिराहा र प्रहरी चौकी औरहीबाट खटिएको संयुक्त टोलीले ७ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीले राम उदगारलाई प्र.२–०१–००३ प २१५४ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको जनएको छ। साथै प्रहरीलाई देख्नासाथ गाडी सहित फरार भएका अन्य व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ। प्रहरीले यस सम्बन्धमा अनुसन्धान गरिरहेको जनाएको छ।