सिरहा, २५ असार। असारको अन्तिम साता खासमा किसानलाई धानरोप्ने चडारो हुनुपर्ने हो। रोपाईं गर्नुपर्ने किसान पानी नपरेर फुर्सदिला भएका छन्, तर हिजोआज सिरहाका जनप्रतिनिधी र ठेकेदारहरुलाई भने भ्याई नभ्याई छ।

आफैले काम गराएर रकम कुम्ल्याउन पल्केका अध्यक्ष यादवले नामको लागिमात्र उपभोक्ता समिति गठन गरेर काम आफैले गराईरहेका छन्। आरसीसी ढलान, ग्राभेलसहितका काम आफैले गराईरहेका छन्। उपभोक्तालाई अलमल्याउन र गाउँलेका आँखामा छारोहाल्न अन्तिम समयमा काम गरेर रकम कुम्ल्याउन पल्केका अध्यक्षले यो पटक पनि त्यहि प्रवृति दोहर्याएका स्थानीयको आरोप छ।  

naraha (3)ea3f085c-f184-429a-a93e-fab0b962282a

बर्षभरी फूर्सदिला भएकार वसेका नगरहाँ गाउँपालिका अध्यक्ष रामप्रमोद यादवलाई अहिले विकासे कामले भ्याई नभ्याई छ। वडा नम्वर ३ मुसहरी वरपीपलटोलमा करिव २ सय मिटर लामो तथा ठाउँ अनुसारको चौडाभएको सडक आरसीसी ढलानको अझै जारी छ। उनले आफ्नै ‘अध्यक्ष निर्देशित कोष’को २० लाख रकमबाट असार २४ गतेबाटमात्र सडक आरसीसी ढलान सुरु गरेको छ। जुन काम विहिवार अवेरसम्म सकिएको छैन। 

कतै ग्राभेल विछ्याउने काम भईरहेको  छ भने, कतै भवन निर्माणको काम हुँदै छ। 

नामकोलागिमात्र उपभोक्ता समिति गठन गरेर अध्यक्ष आफैले काम गराईरहेको स्थानीयहरु बताउँछन्। कामको रेखदेख भने गाउँपालिका अध्यक्ष यादवले दाजु कासिन्द्र यादवलाई जिम्मा दिएका छन्। जिम्मा लगाएको भनिएपनि सम्पूर्णकाम अध्यक्षको प्रत्यक्ष निगरानीमा दाजुले गरिरहेका छन्। यो मात्र हैन ‘अध्यक्ष निर्देशित कोष’को सवै काममा नामकोलागि मात्र उपभोक्ता समिति गठन गरेर कामभने आफैले गराएका छन्। 

गाउँपालिका अध्यक्ष यादवलका दाई कासिन्दर यादवले पनि आफूले यहाँ काम गराईरहेको स्वीकार गरेका छन्। उनले पहिले आफैले काम गराईरहेको बताएपनि पछि ‘मैले गाडी, उपकरणहरु रेखदेख गर्नेकाम गरीरहेका छौं।’ 

उपभोक्ता समितिका अध्यक्ष रञ्जित कुमार सदाले आरसीसी ढलानको काम अध्यक्ष रामप्रमोद यादव आफैले गरेको बताए। उनले भने, ‘सवैकाम अध्यक्ष आफैले गरिरहनु भएको छ। यहाँ सवै रेखदेदखको काम, सामान अपुगहुँदा ल्याउने काम उहाँकै दाई कासिन्दर यादवले गरिरहनु भएको छ। हामीले पनि यहाँ सहजिकरण गरिरहेका छौं।’

यहाँ लाग्ने छड, सिमेन्ट, गिट्टी, बालुवाजस्ता सामाग्रिपनि तपाईं नै ल्याउनुहुन्छ होला नी हैन? भनि प्रश्न गर्दा उनले फोन काटे। उनलाई कामभईरहेकै ठाउँमा यो काम कसरी भईरहेको छ? कसले गराईरहेको छ? क्यामेरामा बताईदिनुस् भन्दा उनले इनकार गरे।

वडानम्वर ३ का वडासदस्य चन्दर सदायले यहाँको सम्पूर्णकाम गाउँपालिका अध्यक्ष आफैले गराईरहेको बताए। उनलेभने, ‘यो कामहरु सवै अध्यक्ष आफैले गराई रहनु भएको छ। मलाई रेखदेख गर्ने जिम्मा दिनुभएको छ।’

बैशाख जोठमै उपभोक्ता समिति गठन गरेपनि कामभने अनित्म समयमा आएर गर्ने विगत जस्तै यसपटक पनि यादवले अन्तिम समयमा आएर काम सुरु गरेका हुन्। विगतमा पनि असार मसान्तमा काम गर्ने र काम नसकिंदै रकम जिझ्ने गरेको स्थानीयहरु बताउँछन्। 

यो पटक भने आरसीसी ढलानको फाईल २५ गते अवेरसम्म तयार नभएकाले भुक्तानी नहुने प्रमुख प्रशासकिय अधिकृत शिवेन्द्र कुमार मण्डलले जानकारी दिए। उनलेभने भने, ‘त्या कामको अहिलेसम्म फाईल म सम्म आईपुगेको छैन। सम्पन्न नै नभएको कामको भुक्तानी हुँदैन। १८ नम्वरमा पनि जाँदैन। त्यो अव आगामी आर्थिक वर्षमा थप बजेट बनाएर भुक्तानी गर्नु पर्ने हुन्छ। यो पटक भुक्तानी हुँदैन भएको पनि छैन।’

प्रमुख प्रशासकीय अधिकृतसहितका कर्मचारीलाई दवाव दिएर कामै नसकी रकम निकासाको दवाव दिनेगरेको एक कर्मचारीले बताए। 

अपारदर्शी काम

नरहाँ गाउँपालिकामा हुने सवैजसो योजनामा सूचना पार्टी हुँदैन। यतिमात्र हैन उपभोक्ता समितिलाईसमेत योजनाको रकमबारे जानकारी हुँदैन। यहि योजनामा उपभोक्ता समितिका अध्यक्षलाई योजनाको कुल रकम कति हो? भन्ने प्रश्न गर्दा उनले ‘२० लाख हो भन्ने सुनेको छु। मलाई एकीन छैन; भन्ने जबाफ दिए। 

यहिमात्र हैन वडा नम्वर ३ मै रहेको मुस्लिम समुदायको ‘कवरगाहा’को वाउड्री वाल निर्माणको योजना र रकमबारे उपभोक्ता समितिलाई जानकारी छैन। यहाँ मौखिकरुपमा उपभोक्ता समिति बनाएर काम गराई रहेको छ। ८० लाखको केन्द्रिय योजना भनिएको वाउड्री वालको कामपनि अध्यक्ष आफैले गराई रहेका छन्। 

वडा नम्वर ३ का अध्यक्ष रुस्तम अन्सारीले पनि आफूलाई कुनै जानकारी नभएको बताए। उनका कुराले पनि अध्यक्ष यादवको काम गर्ने तरीकाको पर्दा फास हुन्छ। अध्यक्ष अन्सारीले भने, ‘मलाई यसबारेमा केही जानकारी  छैन, तपाईंलाई यो कामको बारेमा जे बुझ्नु छ, अध्यक्ष जीसँग बुझ्दा राम्रो।’

यस सम्वन्धमा प्रतिकृयालिन गाउँपालिका अध्यक्ष यादवसँग पटक पटक फोन सम्पर्क गरेपनि उनी सम्पर्कमा आउन चाहेनन्।

ad68d3f7-d3bb-43c6-b4e5-c7e4ed3e467b