जनकपुरधाम, २६ असार। मुख्यमन्त्री सतिश कुमार सिंहले चुरे संरक्षणमा तिनै तहका सरकारको साझा प्रयास आवश्यक रहेको बताएका छन्। मौसमको प्रतिकुलता र वातावरणीय असन्तुलनले प्राकृतिक प्रकोप बढने खतरा रहेको बताउँदै मुख्यमन्त्री सिंहले चुरे संरक्षणमा सवैको ध्यान जानुपर्ने बताएका हुन्।
राष्ट्रपति चुरे तराइ मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई जनकपुरधामद्वारा आयोजित प्रदेश स्तरीय सोत परिचालन समिति तथा प्रदेश सवन्मय समितिको संयुक्त बैठकको विहिवार धनुषाको लालगढ़मा उदघाटन गर्दै मुख्यमन्त्री सिंहले पछिल्लो समय खोलाको सतह बढ्दै जानु खतरापूर्ण रहेको बताए।
चुरेको मरुभुमीकरण रोक्न र नदीको संरचनाहरुको सुरक्षाका लागि नदीजन्य पदार्थको वातावरणमैत्री उत्खनन गर्नुपर्नेमा जोड दिदै मुख्यमन्त्री सिंहले वातावरणमैत्री उत्खनन वाट प्राप्त नदीजन्य पदार्थको निर्यात मार्फत आम्दानी समेत वृद्धि गर्ने तर्फ अग्रसर हुनुपर्नेमा जोड़ दिए।
प्रदेश सरकार संरचनामा आएपछि आर्थिक वर्ष २०८१र ८२ मा सवभन्दा बढी ७१ दसमलव ४८ प्रतिसत वजेट खर्च भएकोमा खुशी व्यक्त गर्दै मुख्यमन्त्री सिंहले यो उपलब्धीका लागि प्रदेश सरकार मातहतका कर्मचारी र सरोकारवाला सबैलाई धन्यवाद दिए।